माघ १० – प्रधानमन्त्रीलाई दैलेखमा निषेध गरेका विपक्षी दलले दैलेख सदरमुकाममा आयोजित एमाओवादीको प्रथम जिल्ला अधिवेशनमाको उदघाटन कार्यक्रममा ढुंगामुढा प्रहार गरेका छन् ।
कांग्रेस एमालेका कार्यकर्ताले कडा सुरक्षा रहेको उक्त कार्यक्रममा ढुंगामुढा प्रहार गरेपछि कार्यक्रम बिथोलिएको छ ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बोल्दै गर्दा मञ्चमा आक्रमण गरेका थिए । अहिले त्यहाँ आक्रमण गर्नेहरु भागेको बताइएको छ ।
Comments







