माघ १० – राष्ट्रिय समाचार समिति (रासस) सरकारको मातहतमा रहेको नेपालको एक मात्र समाचार संस्था हो । यही समाचार संस्थाबाट मंगलबार रात्री सिफ्टमा एउटा समाचार आयो ।
जहाँ भारतीय सीमा सुरक्षाबल एसएसबीले भारतीय सीमावर्ती बजार रुपैडिहाबाट चार किलो चरेससहित एक नेपालीलाई पक्राउ गरेको छ उल्लेख ।
यसरी पक्राउ पर्नेमा नेपालगन्ज नगरपालिका–९ का माइला अन्सारी भनिने हारुन अन्सारी रहेका छन् ।
जुन समाचारमा उल्लेख छ की रुपैडिहाको बसपार्कस्थित मोटरसाइकलमा चरेस राखेको अवस्थामा उनलाई पक्राउ गरिएको एसएसबीले दाबी गरेको छ । तर सोही समाचारमा स्रोतको दाबी भनेर उनलाई व्यावसायिक रिसइबीका कारण फसाएको किटानी समेत गरिएको छ ।
राससको उक्त समाचारमा स्रोत कस्तो भनेर खुलाइएको छैन । जसलाई गोपनियताको हक मान्न सकिन्छ ।
अन्सारी एक होटलमा बसेको बेला रिसइबीका कारण बाहिर रहेको मोटरसाइकलमा चरेस राखेर उनलाई फसाइएको स्रोतले दाबी गरेको छ भनेर समाचार उल्लेख भए बमोजिम नै पनि राससबाट यस्तो समाचार आउँदा सम्बन्धित निकाय भने मौन छन् ।
राससले स्रोत भनेर हावादारी लेखेन होला । स्रोत भरपर्दै हुनुपर्ने हो तर नेपालगन्जका सुपारी व्यापारी उनै अन्सारीलाई नियोजित रुपमा फसाइँदा अनि राससले नै स्रोतको नाम गोप्य राखेर समाचार दिइँरहेका बेला राज्य चुप लागेर बस्नाले राज्य र सरकार छ कि छैन भन्ने भने प्रश्न उब्जिन सक्छ !







