माघ ९, रासस – भारतमा गएर जुवा खेल्ने १२ नेपाली पक्राउ परेका छन् ।

विराटनगरसँग जोडिएको विहार राज्यको अररिया जिल्लाअन्तर्गत पर्ने जोगवनी बजारमा जुवा खेल्न पुगेका १२ नेपालीसहित एक भारतीय पक्राउ परेका हुन् ।

उनीहरूलाई अररियाका एसपी विश्वदीप पाण्डेले जुवाघरमा छापा मारी जुवा खेल्दै गरेको अवस्थामा सोमबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानी विराटनगरका निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिए ।

भारतीय प्रहरीले उनीहरूलाई जोगवनीस्थित रामसागर मार्केटबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

जोगवनीका रामसागर रायले वर्षौंदेखि जुवाघर सञ्चालन गर्दै आएका थिए । हाल उनको अनुपस्थितिमा भाइ राजु रायले जुवाघर चलाउँदै थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।