माघ ९ – सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री बाबुराम भट्टराईले मंगलबारदेखि दैनिक दुई घण्टा लोडसेडिङ घटाउने तयारी भएको कुरा लेखेका छन् ।
केही दिन अघिदेखि सामाजिक सञ्जाल ट्वीटर प्रवेश गरेका उनले दैनिक दुई घण्टा लोडसेडिङ घटाउने तयारी भइरहेको ट्विट गरेका हुन् ।
यसवर्ष १२ घण्टाभन्दा बढि लोडसेडिङ हुन नदिने सरकारको पूर्वघोषणा विपरित दैनिक १४ घण्टा लोडसेडिङ सुरु भएपछि प्रधानमन्त्री भट्टराईको यस्तो भनाई आएको हो ।
यसअघि सोमबार प्रधानमन्त्री भट्टराईले लोडसेडिङलाई न्युनिकरण गर्न भारतबाट ७० मेगावाट बिजुली ल्याउने प्रयास भईरहेको बताएका थिए ।
यसैगरी प्रधानमन्त्री भट्टराईले सिंहदरबार परिसर भित्र सौर्य उर्जा जडानकोलागि दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भैसकेको जानकारी पनि दिएका छन् ।
Comments