माघ ९ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच विवाद चुलिएको छ ।

उनीहरुबीच प्रधानमन्त्री पदकै विषयमा केही दिनदेखि विवाद बढेर गएको हो ।

प्रचण्डले बाबुरामका मतदाताका बिचमा हिजो गोर्खामा बाबुरामले गर्ने नसकेको काम मैले गर्छु भन्दै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकोमा बाबुरामको कडा आपत्ति आएको छ ।

आपत्ती स्वरुप उनले बाबुरामले आफ्नो विकल्प प्रचण्ड हुनै नसक्ने स्पष्ट समेत पारेका छन् ।

तर, प्रचण्डले भने गोरखामा मात्रै होइन केही दिन अगाडी किर्तिपुरमा समेत आफुलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गर्न विपक्षी समेतलाई आग्रह गरेका थिए ।

यसरी उनीहरुबीच सार्वजनिक रुपमै मनमुटाव भईरहेका बेला भित्रि भित्रि रुपमा समेत तिब्र असन्तुष्टि रहेको बताइएको छ ।

स्रोतका अनुसार प्रचण्ड आफु प्रधानमन्त्री बन्न चाहन्छन् भने बाबुराम आफु अहिले नै पद त्याग्न नचाहने पक्षमा उभिएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।