माघ ९ – पाँचथरमा आफ्नै श्रीमानद्वारा श्रीमती मारिएकी छन् ।

पाँचथरको सिदिन गाँउ विकास समिति वडा नम्वर १ की ३७ बर्षीय रेनुका राईलाई सोमबार साँझ आफ्नै श्रीमानले हत्या गरेका हुन् ।

श्रीमान मनकुमार राईले दाउराको चिरपटले कुटपिट गरी उनको हत्या गरेका हुन् ।

घरायसी विवादमा श्रीमतीको ज्यान जानेगरी मनकुमारले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

श्रीमती हत्यारा मनकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान तीन बजे नै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विवादकै कारण केहि महिना अघि उनीहरु छुट्टिएर बस्दै आएका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।