माघ ९ – तेह्रथुम छातेढुंगा ८ का प्रकाश तामाङले रातको २ बजे खुकुरी प्रहार गरेर आफ्नै बहिनीकी सासुको हत्या गरेको स्वीकार गरेका छन् ।
पाँचथर भारपा–९ की ६४ बर्षीया कौशिलामाया तामाङको हत्या अभियोगमा पक्राउ परेका उनले प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
पुष २८ गते बृद्धाको हत्या गरेका प्रकाशलाई प्रहरीले २९ गते पक्राउ गरेको थियो ।
उनले हत्या गरेर बृद्धाबाट लुटेका गहना पनि प्रहरीले सार्बजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमूख बिनोद सिलवालले हत्या आरोपीलाई मुद्धा चलाइएको बताएका छन् । भिडियोः लक्ष्मी गौतम
Comments