माघ ९ – केही दिनदेखिको हिमपातले सिमीकोट हवाइ मैदानमा पाँच फिट हिउँ जमेको छ ।
प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको नेतृत्वमा गएको सेना, प्रहरी, कर्मचारीले हवाइ मैदानमा रहेको हिउँ हटाउने प्रयास गरिरहेका छन् ।
हिउँ जमेपछि त्यहाँबाट हुने सबै उडान बन्द भएका छन् भने सयौँ यात्रु अलपत्र परेका छन् ।