माघ ८, रासस – सिद्धिपुर गाविस—९ सानागाउँका करोडपति उपनाम भएका नातिबाबु महर्जनसहित आठजनालाई उनकै घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग लुभूले गएराति पक्राउ गरेको छ ।
स्थानीय महिला समूहको सुराकीको आधारमा लुभू प्रहरी प्रभागले उनीहरूलाई पक्राउ गरेको असई अनन्तबहादुर कार्कीले बताउनुभयो ।
जुवाको खालबाट प्रहरीले रु ८३ हजार ८५५ र ताससमेत बरामद गरेको छ । यसअघि पनि लुभू प्रहरी प्रभागले सानागाउँमा पटकपटक जुवा खेलाइरहेको अवस्थामा रङ्गेहात पक्राउ गरी थुप्रै व्यक्तिलाई कारबाही गरिसकेको छ ।
पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर जाउलाखेल पठाइएको छ ।
Comments