‘@brb_laaldhwoj युद्धको मर्म वुझेकाले मात्र शान्ति दिन सक्छ । सम्राट अशोक सवभन्दा ठूला शान्तिदूत वनेका थिए । त्यसैले ‘लालध्वज’बाट आशंकित नवनौं !
@brb_laaldhwoj हामी लोडसेडिङ न्यूनीकरण गर्न प्रयत्नशील छौं। इतिहासले थुपारेको फोहोर सोहोर्न समय लाग्दोरहेछ।भारतबाट थप ७०मे.वा. विजुली ल्याउने कोशिश भैरहेछ’
यी माथिका भनाईहरु प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो ट्विटर ट्विटे बनेपछि ट्विस गरेको हुन् ।
लालध्वज नामबाट ट्विटर प्रवेश गरेको भनिएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अहिले ट्विटरमा चल्न चलेको छ चर्चा ।
भट्टराईले लालध्वजका नाममा ट्विटर अकाउन्ट सार्वजनिक गरे लगत्तै बाबुराम भट्टराई नामका दर्जनौ ट्विटरमा अकाउन्ट भेटिन थालेका छन् । भट्टराईको औपचारिक टुविटर एकाउन्टमा भने यो समाचार तयार पार्दासम्म २ हजार ७ सय ७२ जना फलोअर रहेका छन् ।
भट्टराईले अन्तिमका दुईओटा टुविट नेपालीमा गरे पनि यस अघिका चारओटा टुविटमा भने अंग्रेजी भाषाको प्रयोग गरेका छन् ।
उनै लालध्वज उर्फ बाबुरामले माथीका विचारहरु ट्विटरमार्फत सार्वजनिक गरेपछि सो विषयमा यस्ता प्रतिक्रिया आएका छन्:
@indradhoj ट्वीटरका नवआगन्तुक @brb_laaldhwoj लाई ट्वीटडेकको तालिम दिनुपर्छ भन्ने लाईराछ । जेहोस् आगमनको चाहिँ स्वागत गर्छु है । 🙂
KP Dhungana @hamroblogकोही भन्छन् विश्वदिप बाबुराम बनेर झुक्याइराछन्, कोही हैन मानुसीको काम हो भन्छन्। @brb_laaldhwoj भनिदेउ न आखिर असली को हो ?
Tenish Roka @Tenish10
मनाङ म्याक्स,जनताका घरमा भात भन्दा त ट्विटे बन्दा पो फापे जस्तो छ नि लालध्वज तिमलाई । यता देश क्विट तिमी चाँही त्यता ट्विट ट्विट ।#laaldhwo
गौरव @gpokhrel अकाउंन्ट खोल्नु एउटा कुरा, सकृय हुनु अर्को कुरो हो। कती सकृय हुन्छन प्रम त्यो महत्व राख्छ। अकाउन्ट त युवा नेताहरुको नि छ तर सकृयता निल #BRB
Bom Lal Giri @thisisbom #ट्विटरभरी लालध्यवको चर्चा तर लालध्वज भन्ने बाराभले मेरो फेसबुकको च्याटमै आफ्नो ट्विट हालिदिए । खुशी हुने कि दुखी उनी मेरा FBका साथी त छैनन
Hari Neupane @KakaBaa कामरेड लालध्वजका ऐलेसम्मका सबै ट्वीट RT गरियो :डी
Dipak Bhattarai @dipakbhattarai प्रधानमन्त्री @brb_laaldhwoj जीको #DP हेर्दा त उहाँले भनेको भ्यागुताजस्तो उफ्रिने अर्ततन्त्र भन्दा नि जेट मै उड्ने अर्थतन्त्र आउला जस्तो छ।
RAJESH GURUNG @RajeshGurung2 प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबारदेखि सामाजिक सञ्जाल ट्वीटरमार्फत् युवापुस्तासँग प्रत्यक्ष संवाद थाल्नुभएको छ #Baluwatar
Dhiraj Kandel @dhirajkandel सक्कली हुनुन्च कि नक्कली हुनुन्च?ह्याँ धेरैले नक्कली भनेर संका गरे, कतिलाई फल्नि र अन्फल्नी गर्नु भएच,त्यस्तो नगर्न पर्नी 😉 @brb_laaldhwoj
कुल रिम्स @cooolrims लाल्ध्वोज जी को अनुसरण गरेर म क्रान्तिकारी हुने भए , उहाले भने जस्तो गर्छु म , म जन बिद्रोह गर्न तयार छु :))
Narayan Shrestha @NrnShrestha @brb_laaldhwoj: लेखाई अलि मिलेन है, बाराभ को ह्याण्डिलमा अरुको भाषा लेखियो- ‘लालध्वज’बाट आशंकित नवनौं’। गरिसकपछि अलि पक्का काम गरम न है ।
Comments