माघ ८ – विद्युत् चोरी गरेको अभियोगमा विद्युत् चुहावट नियन्त्रण समिति पर्साले जिल्लाको ग्रामीण भेगबाट २४ जनालाई पक्राउ गरेको छ ।

विद्युत् चोरी भइरहेको सूचनाका आधारमा नियन्त्रण समितिले पर्साका मुडली र लङ्गडी गाविसमा अनुगमन गर्दा मध्यप्रसारण लाइनमा हुकिङ गरेको पाइएपछि २५ जनालाई नियन्त्रणमा लिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले जिल्लामा भइरहेको विद्युत् चोरी नियन्त्रण गर्न विद्युत् प्राधिकरण पर्साका कर्मचारी र नेपाल प्रहरीको संयुक्त अनुगमन टोलीले अनुगमन अभियान सञ्चालन गरिरहेको छ ।

विद्युत् चेरीको अभियोगमा पक्राउ परेका व्यक्तिहरुलाई नियमबमोजिम एक पटकका लागि जरिवाना गरी छाडिने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।