माघ ८ – धादिङवेसीतर्फ आउँदै गरेको एक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

आरुघाटबाट धादिङबेँसीतर्फ आउँदै गरेको ना२ख ४९८५ नंको यात्रुबस ज्यामरुङ गाविस–५ कमेरेखोलामा आज बिहान ०९ः३० बजेतिर दुर्घटनामा परेको हो ।

उक्त बस दुर्घटनामा मृत्यु हुनेमा एक महिला र दुई पुरुष भएको बताइएको छ ।

प्रहरी उद्धारका लागि अहिले घटनास्थल गइरहेको छ । दुर्घटनास्थल सदरमुकामबाट दुई घन्टाको पैदल दूरीमा पर्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।