काठमाडौं ९ माघ
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाका १३ जनाको उम्मेदवारको नाम टुंगो लगाएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाका लागि उठाउने संयुक्त नाम मध्ये माओवादी केन्द्रको भागमा परेका १४ जना मध्ये प्रदेश दुईको एक जनाको नाम टुंगो लगाउन बाँकी छ ।
पार्टी शिर्ष नेताको मंगलबार बसेको बैठकले पार्टी बरिष्ठ नेता रामबहादुर थापा, दिनानाथ शर्मा सहित सातै प्रदेशबाट १३ जना उम्मेदवारको टुंगो लगाएको हो ।
एमालेसँग भागबन्डामा प्रदेश १ बाट माओवादीले एक सिट महिलातर्फ पाएको थियो । त्यसमा बीना पोखरेललाई उम्मेदवार बनाएको छ ।
प्रदेश दुईमा महिलातर्फ शशिकला दाहाल उम्मेदवार बनेकी छिन् । प्रदेश दुईमा मधेसवादी दलसँग छलफल जारी रहेकाले दोस्रो उम्मेदवार टुंगो लगाइएको छैन । प्रदेश दुईमा एमाले १ र माओवादी केन्द्रले २ सिटको बाँडफाँड गरेका थिए ।
प्रदेश ३ मा खुलामा थापा र महिलामा गंगा पराजुली उम्मेदवार चयन भएका छन् ।
प्रदेश ४ को खुल्लामा शर्मा र दलिततर्फ खीमकुमार विक उम्मेदवार बनेका छन् । प्रदेश ५ मा खुल्लामा चन्द्रबहादुर खड्का र राजकुमार कुँवर अल्पसंख्यक तथा अपांगतर्फबाट उम्मेदवार बनेका छन् ।
यसैगरी, प्रदेश ६ मा खुल्लामा कालिबहादुर मल्ल, महिलामा युटुल लामा र अपांग तथा अल्पसंख्यकमा जीवन बुढालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
प्रदेश सातमा खुल्लामा हरिराम चौधरी र दलितमा लालिराम लोहारलाई उम्मेदवा बनाउने निर्णय भएको छ ।
गत १० र २१ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ६०ः ४० को अनुपातमा सिट संख्या बाँगबन्डा गरेका थिए । राष्ट्रियसभामा पनि दुई दलले संयुक्त उम्मेदवारी दिँदै छन् । राष्ट्रियसभामा निर्वाचित हुने ५६ मध्ये ४३ मा जित सुनिश्चित भएके निष्कर्ष निकाल्दै दुई दलले एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ सिट संख्या भागबन्डा गरेका थिए ।
प्रदेश–१
बीना पोखरेल – महिला
प्रदेश–२
शशिकला दाहाल– महिला
१ टुङ्गो लगाउन बाँकी
प्रदेश–३
रामबहादुर थापा – खुला
गंगा पराजुली– महिला
प्रदेश – ४
दीनानाथ शर्मा –खुल्ला
खीमकुमार बि.क –दलित
प्रदेश – ५
चन्द्र बहादुर खड्का – खुला
राजकुमार कुंवर– अल्पसंख्यक र अपांग
प्रदेश – ६
कालीबहादुर मल्ल – खुल्ला
युटुल लामा –महिला
जीवन बुढा – अपाङ्ग र अल्पसंख्यक
प्रदेश– ७
हरिराम चौधरी – खुला
लालिराम लोहार – दलित
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।