माघ ७ – लालध्वज जनयुद्धकालमा अहिलेका प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको भूमिगत नाम हो ।
यही नाम आज सामाजिक सञ्जालहरुमा निक्कै चर्चामा छ । चर्चामा आउनु कारण पनि सामाजिक सञ्जालकै विषयमा हो । प्रधानमन्त्री भट्टराई आज सामाजिक सञ्जाल ट्विटरमा लालध्वज नामबाट आएपछि उनको चर्चा चुलिएको हो ।
बीआरबी अन्डरस्कोर लालध्वज नामबाट ट्विटरमा देखापरेका उनलाई यो समाचार तयार पार्दासम्ममै एक हजार २५ जनाले फलो गर्न भ्याईसकेका छन् ।
ट्विटर एकाउन्ट सुरु गरेकोमा कतिपयले खुसी व्यक्त गरेका छन् ।
किन आए उनी ?
लालध्वज उर्फ प्रधानमन्त्री भट्टराई सामाजिक सञ्जालप्रति अलिक चनाखो रहन चाहने व्यक्ति गनिन्छन् । उनी कहिले कहीँ फेसबुके तथा ट्विटेहरुप्रति सार्वजनिक रुपमै तिक्तता समेत व्यक्त गर्ने गर्दछन् ।
यस्तै अवस्थामा ट्विटरमा पहिलो पटक आएका उनले युवा हरुसँग साक्षात्कार गर्न एकाउन्ट सुरु गरेको जनाएका छन् । उनको ट्विटमा छ, ‘मेरा देशवासीहरु, विशेषगरी युवा साथीहरु, हाम्रो महान देशका बारेमा आशावादी रहौं, हामीले चुनौतिहरुलाई अवसरकारुपमा बदल्नुपर्छ ।’