श्रीमतीको विभत्स हत्या अभियोगमा श्रीमान पक्राउ

माघ ७ – महिला हिंसाका घटनाले हाम्रो समाजमा पश्रय पाईरहेका बेला दैलेखमा श्रीमतीको विभत्स हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

घरायसी विवादका कारण दैलेखमा श्रीमतीको विभत्स हत्याको अभियोगमा श्रीमान पक्राउ परेका हुन् ।

प्रहरीले तोलीजैसी गाविस ४ का सिरे कामीले २९ वर्षीय श्रीमति नामसरा कामीको घाँटी रेटेर हत्या गरेको भन्दै शनिबार राती उनलाई पक्राउ गरेको हो ।

सो घटनाका विषयमा सिरेलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।