माघ ६ – जुम्ला कारागारमा आज कैदी–बन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।
झपडका घाइते भएका उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उपचारपछि अहिले भने उनीहरुलाई कडा सुरक्षाका बीच कारागारमा राखिएको छ ।
गाउँ राम्रो की सहर राम्रो भन्ने विषयमा कुरा नमिलेपछि उनीहरुबीच झडपको सिर्जना भएको बताइएको छ ।
उक्त झडपमा राजबहादुर रोकाया, रामबहादुर शाही, निराजन नेपाल, माघे बुढा, जयलाल बुढा, गाणेश पन्डित घाइते भएका हुन् ।
झडपपछि जिल्ला प्रहरी कार्यालयबाट थप जनशक्ति मगाएर स्थिति नियन्त्रणमा लिइएको छ ।
शुक्रवार मध्यरातबाट दुई पक्षबिच झडप भएको हो ।
Comments