माघ ६ – पोर्न स्टार तथा नायिका सनी लियोन आफ्नो फिल्मको सफलताका लागि प्रार्थना गर्न भगवान समक्ष पुगेकी छन् ।

उनी आफ्नो फिल्मको सफलताका लागि प्रार्थना गर्न उनी मुम्बईको चर्चित मन्दिर सिद्धिविनायक पुगी गणेशको पुजा गरेकी छिन् ।

फिल्म ‘जिस्म २’ बाट बलिउडमा इन्ट्री मारेकी सनीले आफ्नो दोश्रो चलचित्र ‘रागिनी एमएमएस २’ को छायांकन सुरु हुनु एक दिन अघि पुजापाठ गरेकी छिन् ।

सनीको साथमा फिल्मकी निर्मात्री एकता कपुर पनि सिद्धिविनायक पुगेकी थिइन् । उनले चलचित्र ‘रागिनी एमएमएस २’ सुपरहिट हुने आशा राखेकी छिन् । ‘रागिनी एमएमएस २’ सन् २०११ मा बनेको ‘रागिनी एमएमएस’ को रिमेक हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।