पुस ३ – रुपन्देहीको हर्नैया गाविस वडा नं ३ मा दुई महिलाको शव प्रहरीले फेला पारेको छ ।

स्थानीय ३० वर्षीया आरती लोध र ४० वर्षीया वसन्ती थारुको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

सोही गाविस वडा नं ३ कुमार गाउँको माछा पोखरीको किनारामा मङ्गलबार राति ती महिलाको शव ४० मिटरको दूरीमा भेटिएको रुपन्देही प्रहरी प्रमुख हरि पालले जानकारी दिए ।

कसले हत्या गरेको भन्ने विषयमा हालसम्म थाह नभए पनि अनुसन्धान जारी गरेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।