माघ १ – नेपाल सरकारका महान्यायधिवक्ता मुक्ति प्रधानले अमेरिका गए मानव अधिकार उल्लघनको आरोपमा पक्राउ पर्ने डरले उडान अवरुद्ध गरेको सर्वजनिक भएको छ ।
दैलेखका पत्रकार डेकेन्द्र थापको हत्याका अभियुक्तमाथि भइरहेको अनुसन्धान रोक्न लिखित आदेश दिएका प्रधान अमेरिका गए मानव अधिकार उल्लंघनको अभियोगमा पक्राउ परिने डरले उडान स्थगित गरेको सार्वजनिक भएको हो । प्रधानले भने विशेष कारणले १० दिनका लागि भ्रमण स्थगित गरेको बताए पनि मुल कुरा भने फरक भएको बताइएको छ । प्रधानले भने ‘मुलुकको राजनीतिक संकट थप गहिरिएकाले अमेरिका भ्रमण तत्कालका लागि स्थगित गरेको हुँ ।’
वर्तमान राजनीतिक संकट समाधानका लागि मुलुकमै बसेर काम गर्नुपर्ने भएकाले विदेश जाने कार्यक्रम स्थगित गरेको दाबी प्रधानले गरेका छन् । उनले पत्रकार हत्यारामाथिको अनुसन्धान रोक्न आफूले ठारो आदेश नदिएको दाबी गर्दै आफूले पठाएको पत्र गम्भिर रुपमा अध्ययन मात्र यस विषयमा अगाडि बढ्न सबैलाई आग्रह गरेक छन् ।
महान्यायधिवक्ता प्रधान अमेरिकाको बोस्टनस्थित युनिभर्सिटी आफ न्यु हेभेनमा आयोजित एक भेलामा सहभागि हुन जाने कार्यक्रम थियो । प्रधान सँग अमेरिका जाने तयारीमा रहेका अन्य अधिकारी भने प्रधानले भ्रमण स्थगित गरेपछि अलमलमा परेका थिए । प्रधानले भ्रमण स्थगनका विषयमा केही बोल्न नचाहे पनि । राष्ट्रपति डा.रामवरण यादव समक्ष पेश भएका अध्यादेश मध्ये सत्य निरुपण र वेपत्ता नागरिक छानबिन सम्बन्धी आयोग निर्माण सम्बन्धी अध्यादेश पारित गर्नुपर्ने जटिल काम भएकाले स्थगित गरेको बताएका छन् ।