नेकपा माओवादीको सातौँ महाधिवेशनमा भाग लिन आएका आरसिपी अमेरिकाका प्रतिनिधि रोबर्टले सुरुमै क्रान्तिकारी लालसलाम, अमेरिकी साम्राज्यवाद मुर्दावाद भनेर नेपाली भाषामै उल्लेख गरे ।

त्यसपछि उनले महाधिवेशनको शुभकामना व्यक्त गर्दै प्रचण्ड बाबुराम प्रवृत्तिको भण्डाफोर गरेर आफ्नो पार्टी भित्र रहेका प्रवृत्ति हटाएर अघि बढ्न समेत आग्रह गरे ।

सो क्रममा उनले प्रचण्ड बाबुरामले जे गर्न चाहेको थियो त्यो पूरा गरेको भन्दै प्रचण्ड बाबुरामको प्रवृत्ति बुझ्न नसक्नु पनि गल्ति रहेको उल्लेख गरे ।

एमाओवादी संशोधनवादी भासमा फसेको भारतीय माओवादीको निष्कर्ष
भारतमा सशस्त्ररत नक्सलवाडी र भारतीय कम्युनिष्ट पार्टी (माओवादी)ले एमाओवादी संशोधनवादी भासमा फसेको निष्कर्ष निकालेको छ ।
नक्सलवाडी र भाकपा माओवादी दुवैले महाधिवेशनका लागि पठाएको शुभकामना सन्देशमा यस्तो जनाइएको छ ।
दुवै संगठनले माओवादीले गर्ने आन्दोलनलाई पूर्ण समर्थनको प्रतिबद्धता पनि जनाएका छन्।

दुवै संगठनले दाहाल नेतृत्वको एमाओवादी संशोधनवादी भासमा फसेको र उनीहरुबाट बाँकी क्रान्ति पूरा हुनेमा आफूहरुलाई विश्वास नलागेको उल्लेख गरेका छन्।

उनीहरुले माओवादी महाधिवेशन उद्घाटन सत्रमा चिनियाँ राजदूत योङ हुलाङको उपस्थितिलाई लिएर आपत्ति पनि जनाएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।