माघ १ – इलामस्थित चमैता–३ की कृषक मुनादेवी बस्नेतले पालेको गाईले एकसाता अघि अनौठो खालको बाच्छी जन्माएपछि हेर्नेको भीड लागेको छ ।

बस्नेतले पालेको गाईले तीनवटा पुच्छर भएको बाच्छी जन्माएपछि लक्ष्मीको अवतार भएको भन्दै स्थानीयवासीले भेटीसहित दर्शन गर्न आउने गरेका छन् ।

यस अघि सामान्य खालका बाच्छाबाच्छी जन्माएपनि तेस्रो बेतमा तीन पुच्छर भएको बाच्छी जन्माएको उहाँले बताउनुभयो ।

दैनिक पाँचदेखि ५० रूपैयाँसम्म भेटी राखेर हेर्ने आउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गरेको र अहिलेसम्म ५०० भन्दा बढी मानिस हेरेर गएको उहाँले बताउनुभयो । उक्त बाच्छी अहिलेसम्म स्वस्थ रहेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।