नारायण अधिकारी – राष्ट्रवादी नेपाली प्रजातान्त्रिक मंच बेलायतले राष्ट्र निर्माता श्री ५ पृथ्वी नारायण शाहको २९१ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । कार्यक्रम समाजसेवी श्री राधव धितालको प्रमुख आथित्यमा सम्पन्न गरेको हो ।


संयुक्त राष्ट्रवादी नेपाली संगठन, बेलायतका अध्यक्ष भरत क्षेत्रीले कार्यक्रमको सभापति रहेको उक्त कार्यक्रममा अथितिहरुमा नेपाली कंग्रेस महासमिति सदस्य विज्ञान प्रसाई, ठकुरी समाजबाट अध्यक्ष विष्णु वहादुर सिंह र वसन्त शाह, अन्तराष्ट्रिय वांग्मय प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, साहित्य विकास परिषदका भूतपूर्व अध्यक्ष हरीसिंह थापा, कोसेली समुहका अध्यक्ष मदन थापा, क्षेत्री समाजका अध्यक्ष भिम बानिया, क्षेत्री समाजका संस्थापक अध्यक्ष कृष्ण वहादुर क्षेत्री, कुमार बस्नेत, अन्जान बगाले, नेपालबाट आउनुभएका ब्यबसायी हेम चन्द्र बोहरा र राधा बोहरा, रीटायड ब्रिटिश गोर्खा क्यापटेन रनधोज राना, प्रकाश सिंह, संजीब बस्नेत, सुजी सोली (बेलायती नागरिक), गोपाल पौडेल, आयुष पौडेल, बिरेन्द्र कार्की, बिनोद प्रसाद पन्थी लगायत विभिन्न पेशा र विभिन्न क्षेत्रका व्यक्तिहरुको उलेखनीय सहभागिता थियो ।

संयुक्त राष्ट्रवादी नेपाली संगठनको तर् बाट स्वागत मन्तव्य बिपिन बिक्रम शाहले दिनु भयको उक्त कार्यक्रममा वडामहाराज श्री ५ पृथ्वी नारायण शाहको २९१ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको बारेमा वक्ताहरुले आ आफ्नो धारणा राख्नु भएको थियो । वक्ताहरुले बोल्ने क्रममा कृष्ण वहादुर क्षेत्रीले श्री ५ पृथ्वी नारायण शाहको वाणी नेपाल चार जात छतीस वर्णको साझा फुलवारी भन्ने भनाई आजको नेपालको परिवेशमा अत्यन्त सान्दर्भिक रहेको भन्दै, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रले मनाउन पर्ने कुरा आज राष्ट्रले भूले पनि प्रवासमा भएपनि संयुक्त राष्ट्रवादी नेपाली संगठन, बेलायतले मनाएकोमा खुसी व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्ने क्रममा हरीसिंह थापाले राष्ट्रलाई प्रवासमा पनि यसरी सम्झिन पायकोमा गर्व लागेको कुरा बताउनु भयो । बोल्ने क्रममा क्षेत्री समाजका अध्यक्ष भीम बनियाले आज नेपाल भन्ने देश र नेपाली भन्ने पहिचान नेपाल एकीकरण गरेर पृथ्वी नारायण शाहले नदियको भय आफ्नो परिचय आज कुनै विदेशीको नाममा हुनेथियो भन्नु हुदै यतिखेर राष्ट्रमा अर्को पृथ्वी नारायण शाहको खोजी गर्नु पर्ने बेला आएको छ भन्नुभयो ।

राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको २९१ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवको आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठन, बेलायतलाई यस्तो कार्यक्रम आयोजन गरेकोमा धन्यवाद दिनु हुदै समाजसेवी श्री राधव धितालले यस जन्म जयन्ती र एकता दिवसलाई कुनै जात जातीको रुपमा नलिगेर यो संपूर्ण नेपालीको हो भन्दै राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाह एकीकरण को बेलामा गोरखा राज्य नाम नराखी नेपाल राख्नुनै उहाँको राष्ट्र निर्माता दूर दर्शिता हो भन्नु भयो साथै उहाँले नेपाल एकीकरणको बारेमा नेपालले बनाएको भू भाग पनि पछि आएर केही गुमेको भन्दै चिंता समेत व्यक्त गर्नु भयो ।

आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठन, बेलायतका अध्यक्ष भरत रोका क्षेत्रीले आज राष्ट्रमा गणतन्त्रको नाममा राष्ट्रको ऐतिहासिक कुराहरुलाई भुल्न नहुने भन्दै राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाह को २९१ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्व आज संपूर्ण नेपालीहरुले बुझ्दै गएको र राज्यले पनि यसलाई कुनै संकुचित बिचार नराखी मनाउनु पर्ने बताउनु भयो । नेपालीहरुलाई विभिन्न टुक्रेका राज्यहरुबाट नेपाल भन्ने सिंगो राज्यमा एकताको सुत्रमा बाधेको हो भन्दै आज सिंगो नेपाल नभएको भए हाम्रा नेताहरुले कहाँ राजनीती गर्दै हुन्थे ? भन्नु भयो । उहाँले आज नेपालीहरुमा विभिन्न जातजाती र धर्मंको नाममा फुट आउनु भनेको राष्ट्रको लागी ठुलो दुर्घटना हो भन्दै हामी नेपालीले नेपाल र नेपाली हो पहिचान भन्ने कुरालाई भुल्न नहुने समेत भन्नु भयो । नेपालको सिमानालाई व्यबस्थित गर्ने र जनताको सुरक्षालाई विशेष ध्यान दिन नेपाली भूमिको किल्लाहरुमा आईपरेको जुनसुकै बेलामा पनि बिदेशीले आक्रमण गरे प्रत्याआक्रमण गर्न त्यस बेलाको समय अनुसार सैनिक सुध्रीकरणलाई समेत विशेष ध्यान दिनुभएका राष्ट्र निर्माताले आफ्नो ५४ वर्षे जीवनको अंतिम समय सम्म राष्ट्रको लागी नै समर्पित गर्नु भयो भन्दै क्षेत्रीले आज संसार जुनसुकै कुना पुगेपनि आफ्नो पहिचान नेपाली नै हुने र त्यसैमा गर्व रहेको कुरा समेत बोल्नु भयो । बेलायतमा ४ वर्ष अगाड़ी देखि आफुहरुले मनाउन सुरु गरेको यस पृथ्वी जयन्ती तथा नेपालको राष्ट्रिय एकता दिवसमा आज विस्तारै विस्तारै जनसहभागिता बढ्दै गएको र आम नेपालीले प्रवासमा बसेपनि आफ्नो जन्म भूमि प्रतिको दायित्वलाई नभुलेको भन्नु हुदै जन्म दिने आमा र मातृ भूमि एकै हो समेत भन्नु भयो ।

नेपाली कंग्रेस महासमिति सदस्य विज्ञान प्रसाईले नेपाली हरुले आधुनिकताको नाममा विस्तारै आफ्नो संस्कृति र सामाजिक पहिचान भुल्दै जान नहुने भन्नु हुँदै आज नेपाली कांग्रेसले राष्ट्र निर्माता पृथ्वी नारायण शाह र राष्ट्रिय एकता दिवस लाई कहिले पनि भुल्न नसक्ने भन्नु भन्नु भयो । साथै कार्यक्रममा बिनोदप्रसाद पन्थीले राष्ट्रियएकता दिवस र पृथ्वी जयन्तीको बारेमा धेरै समय सापेक्षिक कबिता बाचन गर्नु भयको थियो । कार्यक्रममा अतिथि अन्तराष्ट्रिय वांग्मय प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य पृथ्वी नारायण शाह जीवनी माथि प्रकाशित पार्दै इतिहासमा राष्ट्र निर्माताले दिएकोको योगदानले आज हामी सबै जना नेपाली भएको र आज क्रान्तिको नाममा उहाँको सालिक तोडेर अराजकता बढ़ाएपनि इतिहास नमेटिने भन्नु भयो ।

आफुले लेखेको पुस्तकमा गोरखा दरबार र राष्ट्र निर्माताको बारेमा केही उल्लेख समेत गरियको भन्दै उहाँले अनेवाको तर्फबाट संयुक्त राष्ट्रवादी नेपाली संगठन, बेलायतलाई पुस्तक समेत प्रदान गर्नु भयो । उक्त क्रायक्रममा गोपाल पौडेलले राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको आफ्नो मन्तव्य समेत दिनु भयको थियो । कार्यक्रममा कार्यक्रमको सफलताको लागी नेपालबाट पूर्व प्रधान सेनापति रुक्क माङगद कटुवालले, बेलायतबाट नै शिबजी श्रेष्ठ, साहित्य बिकास परिषदका अध्यक्ष खगेन्द्र नेपाली र बीबीसी नेपाली सेवाका भगीरथ योगीले समेत शुभ कामना सन्देश पठाउनु भयको थियो । कार्यक्रममा अतिथि तथा सहभागीहरुलाई संयुक्त राष्ट्रवादी नेपाली संगठन, बेलायतले चिया नास्ताको समेत व्यबस्था गरेको थियो भने उक्त कार्यकम संचालन र संयोजक नारायण बहादुर अधिकारी र बिपिन बिक्रम शाहले गर्नुभएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।