यही शृङ्खलामा पुस २५ गते आठौँ पटक राष्ट्रिय सहमतिका लागि दिएको समय सकिएपछि राष्ट्रपति डा.रामवरण यादवले राजनीतिक दललाई सहमतिका लागि बिहिबार नवौँ पटक पाँच दिनका लागि म्याद थप गरेका छन् ।
बिहिबार राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठको नाममा प्रकाशित एक प्रेस विज्ञप्तिमा नेपालको अन्तरिम संविधान, २०६३को धारा ३८को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका लागि पाँच दिनको म्याद थप गरिएको उल्लेख गरिएको छ ।
कस्तो छ त राष्ट्रपति कार्यालयबाट प्रकाशित भएको नवौँ पटक म्याद थपिएको प्रेस विज्ञप्ति पूर्ण पाठ हेर्नुहोस्
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को
धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको
चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव
सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन
आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम सम्माननीय राष्ट्रपतिबाट
संवत् २०६९ साल पौष २५ गते बुधबारका दिनसम्म समय थप भएकोमा राजनैतिक सहमति
कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक
दलहरुले सहमतिको लागि थप भएको समयलाई निरन्तरता दिंदै आज पुनः थप समय माग
गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल माघ १ गते सोमबारका दिन सम्म
राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका
लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
आज्ञाले,
(हरिकुमार श्रेष्ठ)
प्रवक्ता