पुस, २६ – पाँचथर जिल्लाको रानिटार गाविसमा एक ५२ बर्षीया महिला सामुहिक बलात्कार सिकार भएकी छन् ।

बलत्कारका घटनाको व्यापक विरोध भइरहेका बेला पाँचथरमा ५२ वर्षीया महिलामाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो । पाँचथर प्रहरीले दिएको जानकारी अनुसार महिलालाई स्थानीय राम राई र टाइसन तामाङ लगायतले बलत्कार गरेको सार्वजनिक भउको छ । पाँचथरको सदरमुकाम फिदिमबाट बुधबार अपरान्ह ४ वजे रानिटार जाँदै गरेको ट्याक्टरका चालक र सहयोगीले सडक नजिकै बेहोस अवस्थामा बलात्कृत महिलालाई फेला पारेका थिए ।

चालक र सहयोगीले निवस्त्र अवस्थामा भेटिएकी महिलाको बारे गाउँलेलाई बताएपछि उनलाई स्थानीयले उपचारका लागि स्वास्थ्य संस्था पुर्याइएका थिए । बलात्कृत महिलाले होस खुलेपछि आफु बलात्कृत भएको बताएकी छन् । उनले घटनाबारे जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी छिन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।