काठमाडौं २४ भदौ

लोक सेवा आयोगलाई नयाँ कर्मचारी भर्ना गर्नका लागि बाटो खुल्ला भएको छ । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन दिएपछि लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि बाटो खुलेको हो ।

समितिको शुक्रबार बसेको बैठकले समायोजन विधेयक निर्माणका क्रममा कर्मचारी भर्ना नरोक्ने बुँदा राख्न आयोगलाई निर्देशन दिएपछि भर्ना प्रक्रियाका लागि बाटो खुलेको हो ।
यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले समितिले गरेको निर्णय स्वागतयोग्य छ भन्दै आयोगले अब कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी गराए ।

आयोगले आइतबार सामान्य प्रशासन मन्त्रालयलाई रिक्त पदको विवरण पठाउनका लागि पत्र पठाइने तथा पूर्वनिर्धारित कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने बताएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।