पुस २४ – एक रक्त क्यान्सर पीडितको जीवन रक्षाका लागि सहयोग गर्न आग्रह गरिएको छ ।

सुनौलाबजार गाविस–९ बैधडाँडा निवासी मनोज रम्तेलले छोरी रिता रम्तेलको जीवन रक्षाका लागि सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले रक्त क्यान्सर भई कान्ति अस्पतालमा उपचार गराइरहेको नौ वर्षीया छोरीको उपचार गराउन आफ्नो आर्थिक अवस्थाले भ्याउन नसक्ने भई दाताहरूसँग सहयोगको लागि आग्रह गरेका छन् ।

सुनौला बजार गाविसस्थित नेवारपानी प्राथमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत छोरी रीता अचानक बिरामी भई कान्ति बाल अस्पतालमा लगी जचाउँदा रक्त क्यान्सर भएको थाहा भयो बुबा मनोजले गुनासो सुनाए ।

चिकित्सकले उपचार गर्न तीन लाख रुपैयाँ लाग्ने बताएको र आफ्नो अवस्था बिहान बेलुकाको छाक टार्न पनि धौधौ पर्ने भएकाले आर्थिक सहयोग गर्न इच्छुक दाताहरूलाई धादिङबेंसीस्थित सानिमा बैँकको खाता नं ००४००००४१११२ मा रकम जम्मा गरी सहयोग गर्न उनले आग्रह गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।