पुस २४ – देशैभर अत्याधिक चिसो बढेसँगै चिसोका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

यसै क्रममा चिसोले कठ्याङ्ग्रिएर दाङमा गएराति एक बृद्धको मृत्यु भएको छ ।

चिसोका कारण मृत्यु हुनेमा गढवा–६ भोजपुरका ६५ वर्षीय मधु चौधरी रहेको प्रहरीले जनाएको छ । घरमा सुतेका चौधरीको चिसोकै कारण मृत्यु भएको जनाइएको छ ।

यसैबीच मङ्गलबार दाङमा यस वर्षकै सबैभन्दा बढी चिसो भएको मौसम विज्ञान फिल्ड विभाग कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार दिउँसोको अधिकतम् तापक्रम १३ डिग्री र न्यूनतम् तापक्रम १ डिग्री सेल्सिएस रहेको थियो ।

चिसोका कारण यहाँका बजारहरुमा ठाउँठाउँमा आगो ताप्नेहरुको भिड देखिन्छ । मानिसहरुको चहलपहल पनि निकै कम भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।