पुस २१, रासस – महिला हिंसाविरुद्धको अभियान सञ्चालन भइरहेका बेला मैदीमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

मैदी गाविस¬–९ छापथोक निवासी ६५ वर्षीय साने सार्कीले नातिनी पर्ने बालिकालाई बलात्कार गरेको प्रहरी नायब उपरीक्षक विकासराज खनालले बताए ।

शुक्रबार बेलुका बालिकालाई ललाइफकाइ बलात्कार गरेपछि बालिका चित्कार गर्दै रोएको छिमेकीले देखेका थिए । घटना भएपछि रातभर पीडकलाई कुरेर बसेका छिमेकीले आज बिहान प्रहरीलाई खबर गरेपछि अभियुक्त सार्की फरार भएका थिए ।

फरार अभियुक्तको खोजी भइरहेका र पीडित बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।