पुस २१ – बेलायतबाट प्रकाशित हुने चर्चित लोकप्रिय पत्रिका द टेलिग्राफको वेवसाइटले प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटालाई नेपालको परराष्ट्रमन्त्री बनाएको छ ।
नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा बिहीबार पक्राउ परेको बारेको समाचार उक्त अनलाइनले नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नाम उल्लेख गरेर कृष्णहरि बाँस्कोटाको फोटो छापेको हो ।

फोटो क्याम्पसनमा उनलाई नेपालका परराष्ट्रमन्त्री भनेर उल्लेख गरेपनि फोटोमा भने मुस्कानसहितको बास्कोटाको फोटो छापेको छ ।

यसअघि पनि भारतीय वेवसाइट टाइम्स आफ इण्डियाले भारतीय गुप्तचर संस्था रअको प्रमुख भन्दै कांग्रेस नेता शेरबहादुर देउवाको फोटो गलत रुपमा छापेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।