पछिल्लो पटक देशका विभिन्न भागमा दिनहुँ जसो यौन हिंसाका समाचार आउन थालेका छन् । कतै त दर्शानाक खालका समेत छन् । यौनहिंसाबाट महिला प्रताडित बन्ने क्रम बढ्दो छ । महिलाहरू घरदेखि कार्यस्थलसम्म यौनहिंसाको सिकार बन्ने गरेका छन् । विभिन्न अध्ययनले पनि यो तथ्यलाई प्रस्ट्याएका छन् ।
महिलाहरू सहकर्मीबाट भन्दा माथिल्लो तहका कर्मचारीबाट विभिन्न नाममा यौनहिंसाको सिकार बन्दै आएको सर्वेक्षणले बताउँछन् । त्यसो त सम्भावित यौनदुव्र्यवहार रोक्न महिला आफैँ पनि सचेत हुनुपर्ने देखिएको छ ।
यौन हिंसाबाट बच्ने केही टिप्सहरु
– स्मार्ट देखिनुस् तर भलाद्मी पोसाक लगाउनुस् ।
– चुनौतीदेखि नभाग्नुस् । आत्मविश्वास बढाउनुस् ताकि आफूमाथि हुन सक्ने हिंसाविरुद्ध बोल्न सकियोस् ।
– आफूले भोगेका यौनहिंसाका हरेक घटना डायरीमा लेख्नुस्, जसले कानुनी न्यायप्राप्तिका सिलसिलामा प्रमाणको काम गर्न सकोस् ।
– विश्वासिला सहकर्मीलाई मिलाएर समूह बनाउनुस् ताकि दुव्र्यवहारविरुद्ध आवाज बुलन्द बनाउन सकियोस् ।
– यौनहिंसामा परेको महसुस भएपछि धेरैले तपाईंलाई शंका गर्न सक्छन् । कुरा धुत्न पनि खोज्छन् तर कान थाप्ने सबैलाई आफ्नो समस्या नखोल्नुस् । सकेसम्म एक व्यक्तिलाई भन्नुस्, जो तपाईंलाई हिंसा गर्नेभन्दा माथिल्लो तहको होस् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।