पुस २१ – राजनीतिक विषयमा भएको झडपको विषयलाई लिएर हुम्ला जिल्लाको सदरमुकाममा कर्फ्यू लागेको छ ।
आज त्यहाँ ३ बजेबाट निषेधाज्ञा जारी गर्दा पनि अवस्था सामान्य नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले आज बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्मका कफ्र्यू आदेश जारी गरेको हो ।
उच्च पहाडी गरिबी निवारणको सामाजिक परिचालकको सानो विषयलाई लिएर बनेको विवाद पुस १० गतेबाट चुलिँदै गएपछि पुस २० गते नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन शाहीलगायत विभिन्न दलका प्रतिनिधिबीच प्रशासन कार्यालय हुम्लामा बसेको बैठकले सहमतिमा आउने निर्णय गरी फर्केको थियो ।
फर्कनेक्रममा नेपाली काँग्रेसका कार्यकर्तामाथि बाटोमा अन्य दलका कार्यकर्ताले कुटपिट गरेपछि अवस्था झन् गम्भीर बन्दै गएको र त्यसलाई सामान्य गर्न हिजो ३ बजेबाट निषेधाज्ञा जारी गरिएको बताइएको छ ।
Comments








