पुस २१ – ट्रिपरको ठक्करबाट स्थानीय दुई युवाको मृत्यु भएपछि स्थानीयवासी र पीडित पक्षले पश्चिम चितवनको पटिहानीमा सडक अवरुद्ध पारेका छन् ।
दोषीलाई कारबाही र पीडितका परिवारलाई उचित राहत उपलब्ध गराउन माग गर्दै उनीहरूले सडक अवरुद्ध पारेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ । सडक अवरुद्ध हुँदा भरतपुर माडी सडकखण्डमा सवारीसाधन चल्न सकेका छैनन् ।
हिजो पनि उनीहरूले दिनभर सडकमा प्रदर्शन गरेका थिए । बा २ ख ६१६१ नम्बरको ट्रिपरले मोटरसाइकललाई हिजो पटिहानी– ९ धनौजीमा ठक्कर दिँदा स्थानीय २० वर्षका खेमराज महतो र विशाल चौधरीको मृत्यु भएको थियो ।
Comments