पुस १९ – महिला हिंसाको विरोधमा सप्तरीका महिलाले आज आखाँमा पट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

मुलुकमा शृङ्खलाबद्ध रुपमा महिलामाथि हिंसाका घटनाहरु भइरहँदा पनि वर्तमान सरकारले त्यसलाई रोक्न कुनै कदम नचालेको भन्दै त्यहाँका महिलाहरुले आखाँमा पट्टी बाँधेर प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्गमा धर्ना समेत बसेका छन् ।

नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घ सप्तरीको अगुवाईमा महिलाले सरकारविरुद्ध प्रदर्शन गर्दै आखाँमा पट्टी बाँधेर पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको महुली सडकखण्डमा धर्ना बसेका हुन् ।

मुलुकमा महिला हिंसा बढ्दै जाँदा पनि वर्तमान सरकारले रोक्न कुनै ठोस कदम नचालेकाले बाध्य भई सरकारविरुद्ध प्रदर्शनमा उत्रेको उनीहरुले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।