पुस १९ – काठमाडौँका केही स्थानमाहरु फेला परेसँगै नुवाकोट जिल्ला चौघडा गाउँ विकास समितिमा पनि बर्डफ्लु फेला परेको छ ।

चौघडा गाउँ विकास समिति– १ मा रोग फेला परेको बर्डफ्लु नियन्त्रण प्राविधिक जिल्ला समितिले जनाएको छ । त्यस गाउँका ध्रुव राईको घरका लोकल कुखुरामा रोग फेला परेको हो ।

सो क्षेत्रमा काठमाडौँबाट चिकित्सक टोली चौघडा पुगिसकेका छन् । साथै जिल्लाबाट पनि पशु चिकित्सक र अन्यको टोली पनि पुगेका छन् ।
काठमाडौँबाट पुस १७ गते ल्याएको दुईवटा ब्रोइलर कुखुराबाट रोग सरेको प्रमुख जिल्ला अधिकारी वलीको भनाई छ ।

अहिले चौघडा गाविसको पूर्वमा चौघडा–२ को रानीभार फाँट, पश्चिममा कलिबन जाने बाटो, उत्तरमा तादी खोलाको वन र दक्षिणमा लिखु खोलाको बगर र जङ्गललाई सङ्क्रमित क्षेत्र घोषणा गरिएको छ । त्यस क्षेत्रका विद्यालयहरु पनि तीन दिनका लागि बन्द गराइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।