पुस १९ – तपाईंलाई रात काट्ने अफर आए कस्तो जोडि खोज्नु हुन्छ ? अमेरिकी २६ वर्षे मोडलले ८६ वर्षे वृद्धलाई जोडी बनाएकी छन् ।
प्लेब्वाइ म्यागेजिनका संस्थापक हग हेफ्नरले साठी वर्ष कान्छी युवतीलाई नयाँ वर्ष २०१३को अवसरमा आफ्नी बनाएका हुन् । गाला चाउरी परिसकेका भए पनि मन नचाउँरिएका हेफ्नरले न्यु इयर इभमा २६ वर्षीया मोडल क्रिस्टल ह्यारिसलाई श्रीमती बनाएका हुन् ।
अमेरिकन युवतीहरु उमेरलाई भन्दा सम्पत्तिलाई प्राथमिकतामा राखेर सम्बन्ध अगाडि बढाउँन थालेको तथ्यलाई यसले अझ प्रमाणित गरिदिएको छ । हेफ्नरका पछि थुप्रै युवती लागे पनि मोडल क्रिस्टलले भने बाजी मारेकी छन् ।
नयाँ वर्षको अवसरमा नव जोडीको विवाहा भव्यताका साथ लस एन्जलसस्थित हेफ्नरको घरमै भएको छ । यो हेफ्नरनको यो तेस्रो विवाहा हो । प्लेब्वाइ म्यागजिनको प्रकाशन प्रारम्भ गरेर युवतीहरुमाझ लोकप्रिय बनेका हेफ्नरले उमेरले डाडा काटे पनि रातभने युवतीसँगै बिताउँने चाँजोमिलाएका हुन् ।
Comments








