पुस १९ ‘सञ्चार नै संसार’ भन्ने नाराका साथ बृहत् मोबाइल मेला अगामी माघ १० देखि १६ गतेसम्म सुनधारास्थित सिभिल ट्रेड सेन्टरमा आयोजना हुने भएको छ ।

नेपाल मोबाइल व्यवसायी सङ्घद्वारा आयोजित सो मेलामा स्वदेशी तथा विदेशी कम्पनीद्वारा उत्पादित २५ भन्दा बढी कम्पनीका मोबाइल टेलिफोन राखिनेछन् ।

सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेलामा न्यूनतम रु एक हजारदेखि एक लाखसम्मका मोबाइल राखिने आयोजक पक्षले जनाएको छ । सङ्घका अध्यक्ष पुरुषोत्तम बस्नेतले विश्व बजारमा आएका पछिल्लो संस्करणका मोबाइल एकै स्थानमा सर्वसुलभ रूपमा उपभोक्ताले पाऊन् भन्नाका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

मेलाका अवसरमा सातदेखि ६० प्रतिशत छुटको व्यवस्था मिलाइएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।