पुस १८ – राजधानीको सोल्टीमोडमा आज बिहान एक बसले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

धोवीघाटस्थित डिएभी स्कुलको बा३ख ८७ नम्बरको विद्यार्थी बाहक बसले कालीमाटीबाट कलङ्की जाँदै गर्दा सोल्टीमोडमा १८ वर्षीय रञ्जन श्रेष्ठलाई आज ठक्कर दिएको र उनको उपचारका क्रममा निधन भएको हो ।

ठक्कर लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतामा निधन भएको थियो ।

मकवानपुर स्थायी घर भएका श्रेष्ठ हाल बाफलस्थित सिद्धार्थ एकेडेमीमा ११ कक्षामा अध्ययनरत थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।