पुस १७ – नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलालाई थप उपचारका लागि भरतको नयाँ दिल्ली तर्फ लाने तयारी भएको छ ।
शनिबार बिहान मोरङको विराटचोकमा आयोजित कार्यक्रमस्थलमै बेहोस भएका थिए । बास्तोला समाजको कार्यक्रममा अचानक ढलेपछि उनलाई ब्रेन हेमरेज भएको बताइएको थियो । उनलाई उपचारको लागि मोरङबाट सिलिगुढीस्थित एक अस्पतालमा शल्यक्रिया गरिएको थियो ।
उनको उपचारमा डाक्टरहरुले धेरै समय लगाए पनि उनको स्वास्थ्य अवस्था स्थिर भएकाले दिल्लीतर्फ लाने तयारी भएको हो ।
बास्तोलालाई सोमबार साँझ ६ बजे एयर एम्बुलेन्समार्फत भारतको राजधानी नयाँ दिल्लीमा जाने तयारी भइरहेको छ । आइतबार सामान्य सुधार देखिएपनि आज उनको स्वास्थ्य स्थिर भएकाले उनलाई थप उपचारका लागि दिल्ली लाने तयारी भएको हो ।
Comments








