पुस १६ – सन् २०१२ अब हामीबाट बिदा हुँदैछ । यसपछि हामीसँग यसका सम्झना मात्र रहनेछन् । वर्तमानमा बाँच्न चाहने र भविष्यका लागि योजना बुन्नेहरूका लागि विगतका सम्झना अनुभव बन्नेछन् । तपाईँका सम्झनाका लागि रासस तथा विभिन्न एजेन्सीको सहयोगमा सन् २०१२ का प्रमुख घटनाहरूलाई यसरी प्रस्तुत गरिएको छ:

जनवरी १३ : इटालीको पश्चिमी तटीय भागमा इटालीकै पर्यटकीय यात्रुवाहक जहाज ढुङ्गामा ठक्कर खाइ डुब्यो । दुर्घटनाको समयमा उक्त जहाजमा चार हजार यात्रु थिए र ३२ व्यक्तिको मृत्युभयो ।

जनवरी २६ : महिलामा सिलिकन स्तन प्रत्यारोपण गर्न सामग्री तयार गर्ने फ्रान्सका एक व्यापारिक संस्थाले उत्पादन गरेका र विश्वका धेरै महिलामा प्रत्यारोपण गरिएका सामग्रीका केही तत्व विषाक्त भएको फेला परेकाले त्यस संस्थाका प्रमुख पक्राउ परे ।

फेब्रुअरी २ : इजिप्टको नगर पोर्ट सइदमा एक फुटबल खेलमा भएको दङ्गामा कम्तीमा ७४ फुटबलप्रेमीको मृत्युभयो ।
फेब्रुअरी ६ : बेलायती राजसंस्थाका प्रमुखमा स्थापनाको ६० औँ वार्षिकोत्सवको महारानी एलिजावेथ द्वितीयाले उद्घाटन गर्नुभयो । यो वार्षिकोत्सव पाँच महिनासम्म मनाइयो र जुन महिनामा लन्डनमा एक नदीमा परेड आयोजना गरियो ।

फेब्रुअरी ७ : हिन्द महासागरीय द्वीप मालद्वीपमा अस्थिरता आरम्भ भयो र यसै कारण यस मुलुकमा पहिलोपटक प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति पदमुक्त भए ।

फेब्रुअरी १४ : मध्यअमेरिकी मुलुक होन्डुरसको एक कारागारमा आगलागी हुँदा ३५० बन्दीको मृत्युभयो ।

फेब्रुअरी २१ : अफगानिस्तानमा अमेरिकी सैनिकले मुसलमानको धार्मिक ग्रन्थ कुरान जलाएको थाहा पाएपछि मुलुकभर हिंसा आरम्भभयो । युरोक्षेत्रका मुलुकले ऋणभारबाट पीडित मुलुक ग्रिसलाई सहयोग गर्न २३७ अर्ब युरोको उद्धार कार्यक्रम पारित गरे ।

फेब्रुअरी २२ : अर्जेन्टिनाको राजधानी व्युनस आर्यसको बाहिरी भागमा एक रेल दर्घटना हुँदा ५१ यात्रुको मृत्युभयो र ७०० भन्दा बढी व्यक्ति घाइते भए । सिरियामा हिंसात्मक द्वन्द्वको समाचार लिनजाँदा एक अमेरिकी तथा एक फ्रान्सेली पत्रकारको मृत्युभयो ।

फेब्रुअरी २६ : फ्रान्सेली ध्वनिविहीन स्वेत–श्याम चलचित्र ‘द आर्टिस्ट’ ले हलिउडमा एकेडेमी पुरस्कारको वार्षिक समारोहमा उच्च सम्मानहरू प्राप्त ग¥यो । अमेरिकाको फ्लोरिडामा छिमेकमा हुने अपराधको घटनामा ध्यान दिने समूहका एक व्यक्तिले हतियारविहीन एक काला नवयुवकको गोली हानी हत्या गरे । यो घटना अमेरिकाभर जातिभेदविरुद्ध समूह गठन र उनीहरूको कार्यक्रमका लागि प्रमुख कारण बन्यो ।

मार्च ३ : अमेरिकामा चक्रवातहरूको शृङ्खलाका कारण ३८ व्यक्तिको मृत्यु ।

मार्च ४ : रसियाली प्रधानमन्त्री भ्लादिमिर पुटिन पुनः राष्ट्रपति बन्नुभयो । उहाँले राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गर्दा मस्कोमा विरोध प्रदर्शन भयो ।

मार्च ५ : गणतन्त्र कङ्गोको राजधानी ब्राजाभिलमा गोलाबारुद भण्डारमा विस्फोट हुँदा २०० भन्दा बढी व्यक्तिको मृत्युभयो ।

मार्च ११ : एक अमेरिकी सैनिक अफगानिस्तानमा नियन्त्रणविहीन भई जथाभावी आक्रमण गर्दा १२ महिलाका साथ १६ अफगान नागरिकको मृत्युभयो ।

मार्च १९ : फ्रान्समा एक यहूदी विद्यालयमा एक बन्दुकधारीले तीन बालबालिका तथा एक शिक्षकलाई गोली हानी हत्या गरे । पछि यी व्यक्तिले अरबी मूलका तीन फ्रान्सेली सैनिकको हत्या गरेको थाहा भयो । यी व्यक्तिको उनैको घरमा एक सैनिक कारबाहीमा मृत्युभयो ।

मार्च २५ : पश्चिमी अफ्रिकी मुलुक सेनेगलमा अब्दुलाय वेडलाई पराजित गर्दै माकी साल राष्ट्रपति पदमा निर्वाचित भए ।

अप्रिल १ : म्यानमारमा प्रजातन्त्रवादी नेत्री आन सान सु की संसदमा निर्वाचित हुनुभयो । उहाँ २२ वर्षसम्म राजनीतिक बन्दी बनेपछि पुनः राजनीतिमा फर्कनुभयो ।

अप्रिल १२ : सुडान तथा दक्षिणी सुडानबीच कडा युद्धभयो ।

अप्रिल १३ : उत्तर कोरियाको लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्रयास असफल भयो । क्षेप्यास्त्रका भागहरू आकाशमा टुक्राटुक्रा भए ।

अफ्रिल १४ : संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सिरियामा पर्यवेक्षक पठाउने सहमति ग¥यो ।

अप्रिल १५ : उत्तर अमेरिका, युरोप तथा उत्तर एटलान्टिक क्षेत्रमा सामुद्रिक जहाज टाइटानिक दुर्घटनाको १०० औँ वार्षिकी मनाइयो ।

अप्रिल १८ : अफगानिस्तानमा विद्रोहीको शरीरको अवशेषमा अमेरिकी सेनाले पिसाप गरेको तस्वीर सार्वजनिक भएपछि त्यहाँ नयाँ हिंसा आरम्भ भयो ।

अप्रिल २० : पाकिस्तानको राजधानी इस्लामाबादनजिकै एक विमान अवतरण गर्न खोज्दा भएको दुर्घटनामा १२७ व्यक्तिको मृत्यु ।

मे २ : एडवार्ड मुन्चको एउटा चित्र ‘द स्क्रिम’ न्यु योर्कको सोथेबीमा ११ करोड ९९ लाख अमेरिकी डलरमा लिलाम भयो ।

मे ६ : समाजवादी नेता फ्राँस्वा अलोँ फ्रान्सका राष्ट्रपति पदमा निर्वाचित हुनुभयो । उहाँले निकोलस सारकोजीलाई पराजित गर्नुभयो । समाजवादीले संसदीय निर्वाचनमा पनि विजय हासिल गरे । ग्रिसमा संसदको निर्वाचन भयो तर कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेनन् ।

मे १८ : सामाजिक सञ्जाल फेसबुकको सेयर वाल स्ट्रिटको सार्वजनिक सेयरबजारमा बिक्री हुन आरम्भ भयो ।

मे २१ : यमनको राजधानी सानामा एक आत्मघाती बम आक्रमणकारीले आफैँलाई विस्फोट गराई कम्तीमा ९६ व्यक्तिको हत्या गरे र सयौँलाई घाइते बनाए ।

मे ३० : नेदरल्यान्डमा रहेको संयुक्त राष्ट्र सङ्घको अदालतले लाइबेरियाका पूर्व राष्ट्रपति चाल्र्स टेलरलाई छिमेकी मुलुक सिएरा लोनमा नागरिक युद्धमा सघाएको भनी ५० वर्षको काराबासको सजाय तोक्यो ।

जुन २ : काइरोको एक अदालतले इजिप्टका पूर्व नेता होसनी मुबारकलाई सन् २०११ मा भएको अरब विद्रोहको समयमा प्रदर्शनकारीको हत्या गर्न आदेश दिएको भनी आजीवन काराबासको सजाय तोक्यो ।

जुन ३ : नाइजेरियाका एक विमान छिमेकी मुलुक लागोसको घना जनसङ्ख्या भएको भागमा दुर्घटना हुँदा १५३ यात्रुको मृत्युभयो भने जमिनमा रहेका अन्य धेरैको ज्यान गयो ।

जुन ६ : अमेरिकाले आफ्नो चालकविहीन विमानले पाकिस्तानमा गरेको क्षेप्यास्त्र आक्रमणमा अल–कायदाका दोस्रा नेता अबु याह्या अल–लिबीको मृत्यु भएको दाबी ग¥यो ।

जुन १२ : संयुक्त राष्ट्र सङ्घले सिरियामा द्वन्द्व पूर्ण युद्धमा परिणत भएको दाबी ग¥यो ।

जुन १७ : ग्रिसमा छ महिनाभित्र दोस्रोपटक निर्वाचन भयो र आर्थिक सुधार गर्ने बचन दिने दलले बहुमत प्राप्त ग¥यो ।

जुन १९ : विकिलिक्सका संस्थापक जुलियान असान्जले आफूलाई स्विडेनमा हस्तान्तरण हुननदिन लन्डनस्थित इक्वेडोरको दूतावासमा शरण लिए ।

जुन २४ : इजिप्टको मुस्लिम ब्रदरहुडका नेता मोहमद मोर्सी राष्ट्रपति पदमा निर्वाचित हुनुभयो ।

जुन २८ : अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य सेवासम्बन्धी सुधार विधेयकलाई परम्परावादीहरूले दिएको चुनौतीलाई अस्वीकार ग¥यो ।

जुलाई १ : किभमा आयोजना भएको सन् २०१२ को युरोकप फुटबल खेलको फाइनलमा स्पेनले इटालीलाई ४–० गोलले हरायो । इरानी पारमाणविक कार्यक्रमको विरोधमा इरानी तेलमाथि युरोपेली महासङ्घले पनि प्रतिबन्ध लगायो ।

जुलाई ३ : सात महिनासम्म सङ्कटपछि पाकिस्तानले नेटो सैनिकका लागि अफगानिस्तानसम्म सामग्री लैजान उपयोग हुने मार्ग खोल्यो ।

जुलाई ४ : भौतिकशास्त्रीहरूले हिग्स बोसोन तत्व भएको उपआणविक तत्व फेला परेको र यसले कुनै पनि वस्तुको आकार बढाउने धाणा व्यक्त गरे ।

जुलाई ७ : लिबियामा मौमर कद्दाफीको पतनपछि पहिलोपटक निर्वाचन भयो । जुलाई १८ ः सिरियाका राष्ट्रपति बसार अल–असादका नजिकका तीन सैनिक सहयोगीको दमासकसमा बम आक्रमणमा मृत्युभयो ।

जुलाई २० : बजार तथा सामाजिक सङ्कट देखिएपछि स्पेनले आर्थिक उद्धारको सहयोग प्राप्त ग¥यो । अमेरिकाको लस एन्जलिसमा एक व्यक्तिले ब्याटम्यान चलचित्र चलिरहेको हलमा गोली प्रहार गर्दा १२ व्यक्तिको मृत्युभयो र ५९ व्यक्ति घाइते भए ।

जुलाई २३ : इराकमा हिंसाका शृङ्खलामा १११ व्यक्तिको मृत्युभयो ।

जुलाई २७ : लन्डनमा गृष्मकालीन ओलम्पिक खेल उद्घाटन भयो ।

अगस्त ५ : इजरायलको इजिप्टसँगको सीमामा बन्दुकधारीले १६ व्यक्तिको हत्या गरे । त्यसको तीन दिनपछि इजिप्टले २० लडाकू मारेको घोषणा ग¥यो ।

अगस्त ६ : मङ्गल ग्रहमा अमेरिकी पारमाणविक क्षमताको रोबोट क्युरियोसिटी खसाइयो र यसले आफ्नो महत्वाकाँक्षी अभियान आरम्भ ग¥यो ।

अगस्त ११ : इरानको उत्तरपश्चिमी भागमा भूकम्पका कारण १८० व्यक्तिको मृत्युभयो ।

अगस्त १६ : संयुक्त राष्ट्र सङ्घले सिरियामा पर्यवेक्षक अभियान अन्त्य भएको घोषणा ग¥यो ।

अगस्त १७ : दक्षिण अफ्रिकामा प्रहरीले ३४ हडताली खानी कामदारको गोली हानी हत्या गरे । मस्कोको एक अदालतले महिलाहरूको सङ्गीत समूहलाई दुई वर्षको जेल सजाय तोक्यो ।

अगस्त २४ : नर्वेका आमहत्यारा आन्द्रेस बेहरिङको मानसिक अवस्था ठीक भएको भनी २०११ को जुलाई महिनामा ७७ व्यक्तिको हत्या गरेकोमा २१ वर्षको काराबासको सजाय तोकियो । अमेरिकी साइकल चालक लान्स आर्मस्ट्रङले शक्ति बढाउने औषधि प्रयोग गरेको भनी निजले जितेका उपाधी खोसियो ।

अगस्त २५ : अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको ८२ वर्षको उमेरमा देहावसान भयो । उहाँले सन् १९६९ मा पहिलोपटक चन्द्रमामा पाइला राख्नुभएको थियो ।

सेप्टेम्बर ८–९ : इराकमा अल कायदाले गराएको ३० भन्दा बढी आक्रमणमा ८८ व्यक्तिको मृत्युभयो र ४०० भन्दा बढी घाइते भए ।

सेप्टेम्बर ११ : अमेरिकामा बनेको इस्लाम धर्मप्रति नकारात्मक भावना फैलाउने चलचित्रका कारण मुसलमान मुलुकमा क्रुद्ध विरोध प्रदर्शन देखापरे । लिबियाको बेनघाजीमा अमेरिकी वाणिज्य दूतावासमा राजदूत सहित अन्य तीन अधिकारीको भीडद्वारा हत्याभयो ।

सेप्टेम्बर १४ : अफगास्तिानमा नेटोको सैनिक केन्द्रमा आक्रमणमा आठ सैनिकको मृत्युभयो ।

सेप्टेम्बर २१: अफगानिस्तानबाट ३३ हजार अमेरिकी सैनिक फिर्ता भए ।

अक्टोबर ७ : भेनेजुएलमा भएको राष्ट्रपति पदको निर्वाचनमा राष्ट्रपति ह्युगो साभेज विजयी हुनुभयो ।

अक्टोबर ९ : पाकिस्तानका विद्यालयकी छात्रा मलाला युसफजाइलाई बालबालिकाको अधिकारका लागि अभियान सञ्चालन गरेकोमा पाकिस्तानी तालिवानले टाउकोमा गोली हाने । उनलाई पछि उपचारका लागि बेलायत लगियो ।

अक्टोबर ११ – १२ : चीनका मो यानलाई नोबेल साहित्य पुरस्कार प्रदान गरियो । नोबेल शान्ति पुरस्कार युरोपेली महासङ्ले प्राप्त ग¥यो ।

अक्टोबर १४ : अस्ट्रियाका फेलिक्स बाउमगार्टनरले अन्तरिक्षको किनारबाट प्यारासुटबाट पृथ्वीमा फाल हाली विभिन्न रेकर्ड कायम गरे ।

अक्टोबर १८ : कोलम्बियाको सरकार तथा फार्क विद्रोही समूहले नर्वेमा शान्ति वार्ता आरम्भ गरे ।

अक्टोबर २९ : क्यारेबियन सागरबाट आएको र क्यानडाबाट प्रवेश गरेको आँधीका कारण २०० भन्दा बढीको मृत्युभयो । न्यु योर्कमै ४३ को मृत्युभयो ।

नोभेम्बर ४ : चीनमा राजनीतिज्ञ बो सिलाइलाई कम्युनिस्ट पार्टीबाट हटाइयो र फौजदारी अभियोग चलाउने बाटो खुला भयो ।

नोभेम्बर ६ : अमेरिकी राष्ट्रपति बाराक ओबामा रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्नीलाई पराजित गरी दोस्रो पदावधिका लागि निर्वाचित हुनुभयो ।

नोभेम्बर ९ : अमेरिकी केन्द्रीय गुप्तचर संस्थाका प्रमुख डेभिड पेत्रअसले विवाहेत्तर सम्बन्धका कारण राजिनामा दिए ।

नोभेम्बर १४ : इजरायलले हमासका लडाकू प्रमुखको हत्या गरी गाजा क्षेत्रमा आक्रमण ग¥यो । एक सातामा भएका सङ्घर्षमा १७४ प्यालेस्टाइनको मृत्यु भयो भने छ इजरायलीको हमासको रकेट प्रकारबाट मृत्युभयो ।

नोभेम्बर १५ : चीनको कम्युनिस्ट पार्टीले सात सदस्यीय नयाँ नेतृत्व परिषद् गठन ग¥यो । सी जिनपिङले राष्ट्रपति हु जिन्ताओलाई प्रतिस्थापन गर्नुहुनेभयो ।

नोभेम्बर २० : प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोहीले गोमा नगरलाई नियन्त्रणमा लिए । उनीहरू १० दिनपछि त्यहाँबाट पलायन भए ।

नोभेम्बर २७ : प्यालेस्टाइन नेता यासेर अराफातलाई विष दिएर मारिएको हो कि होइन भनी परीक्षणका लागि उहाँको शवको केही भाग निकालियो ।

नोभेम्बर २८ : सिरियाको दमासकसमा कार बम विस्फोटमा ५४ व्यक्तिको मृत्युभयो ।

नोभेम्बर २९ : संयुक्त राष्ट्र सङ्घको महासभाले प्यालेस्टाइनको कूटनीतिक स्तर उकास्यो । इजरायलले पश्चिमी किनारमा थप यहूदी बसोबासको योजना अगाढि बढायो ।

डिसेम्बर १ : मेक्सिकोमा इन्स्टिच्युसनल रिभोलुसनरी पार्टीका इन्रिक पेना निएतोले राष्ट्रपति पदको सपथ ग्रहण गर्नुभयो ।

डिसेम्बर ४ : फिलिपिन्समा चक्रवातले १०६७ व्यक्तिको मृत्यु गरायो र ८०० भन्दा बढी हराए ।

डिसेम्बर ५ : इजिप्टमा मोर्सीले आफैलाई व्यापक अधिकार दिनुभयो र त्यसको व्यापक विरोध भयो ।

डिसेम्बर ७ : संयुक्त राष्ट्र सङ्घको जलवायुसम्बन्धी सम्मेलन कतारमा सम्पन्न भयो । यसमा खासै सफलता प्राप्त भएन ।

डिसेम्बर १२ : उत्तर कोरियाले लामो दूरीको रकेट प्रक्षेपण ग¥यो । यसको विश्वव्यापी रूपमा विरोध भयो ।

डिसेम्बर १४ : अमेरिकाको कनेक्टिकटमा २० वर्षीय एक बन्दुकधारीले २० बालबालिका दुई दर्जनभन्दा बढी व्यक्तिको आमहत्या ग¥यो

डिसेम्बर १५ : इजिप्टमा संविधानमा जनमत सङ्ग्रह आयोजना गरियो । दुइ चरणमा मतदान भएको यस जनमत सङ्ग्रहमा मस्यौदा संविधानको पक्षमा जनमत देखियो ।

डिसेम्बर १६ : जापानमा प्रतिपक्षी लिबरल डेमोक्र्याटिक पार्टी सत्तामा फर्कियो ।

डिसेम्बर १६ : भारतमा २३ वर्षीया एक छात्रामाथि सामूहिक बलात्कार भयो । पछि यी महिलाको सिङ्गापुरको अस्पतालमा मृत्यु भयो । यस घटनाको भारतभर विरोध देखाप¥यो ।

डिसेम्बर १९ : दक्षिण कोरियामा पार्क गुन हे यस मुलुकका प्रथम महिला राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभयो ।

डिसेम्बर २१: इटालीका प्रधानमन्त्री म्यारियो मोन्टीले राजिनामा दिनुभयो । इटालीको आर्थिक सङ्टक समाधान गर्न प्राविधिक व्यक्तिहरूको सरकारको अन्त्य भयो र नयाँ निर्वाचन हुने स्पष्ट भयो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।