पुस १५ – वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका देउसा–४ सोलुखुम्बुका एक युवाको मृत्यु भएको छ ।
दुई वर्ष अघि मलेसिया गएका ३६ वर्षीय डाकबहादुर राईको दुई दिनअघि मृत्यु भएको खबर उनका साथीले फोनमार्फत दिएका हुन् । राईका श्रीमती, एक छोरा र एक छोरी हाल सल्लेरीमा बसोवास गर्छन् ।
काम गर्दै गरेको ठाउँबाट चारदिन अघि हराएका र दुईदिन अघि मृत भेटिएकाले सोमबार शव काठमाडाँै आइपुग्ने जनाकारी प्राप्त भएको मृतक राईकी श्रीमतीले जानकारी दिएको बताइएको छ ।