पुस १५ – नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको भारतको सिलगुडीस्थित न्यूरो अस्पतालमा शनिबार राति मस्तिष्कको शल्यक्रिया गरिएको छ ।

उक्त अस्पतालका डा. सिद्धिराज शर्माको नेतृत्वको टोलीले करिब तीन घन्टा लगाएर राति साढे ९ बजे शल्यक्रिया सम्पत्र गरेको उनका भतिज तारा बास्तोलालाई उदृत गर्दै राससले जनाएको छ ।

उनलाई भेन्टिलेटरमा राखिएको र अहिलेसम्म होस नखुलेको उनले जानकारी गराएका छन् ।

मोरङको विराटचोकस्थित बास्तोला समाजको एक कार्यक्रममा शनिबार एक्कासि बिरामी भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकामा त्यहाँका चिकित्सकले उनलाई मस्तिष्कघात भएकाले अबिलम्ब अन्यत्र लान सुझाव दिएअनुरूप अपराह्न सिलगुडी लगिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।