पुस १५ – परासीको गोछडामा भालुको आक्रमणबाट पाँचजना घाइते भएका छन् ।


दाउरा खोज्न जङ्गल गएको बेला उनीहरूलाई भालुले आक्रमण गरेको बताइएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको छ भने बाँकी तीनजनाको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।

भालुको आक्रमणबाट कुमारवर्ती– ७ गोछडाका ६० वर्षीय नन्दकली पौडेल, अग्यौली– ४ गोडारका ६२ वर्षीय जेदुनाथ पाण्डे, सोही ठाउँकी टीका कुमारी, हरिकला अधिकारी र कुमावर्ती– ६ की ५८ वर्षीया रुकमिना लामिछाने घाइते भएका हुन् ।

जाडोयामको सुरुवातसँगै नवलपरासीको दक्षिणी भेगमा पर्ने निकुञ्ज नजिकका बासिन्दालाई सास्ती हुने गरेको छ । कहिले जङ्गली जनावर बस्तीमा पसेर आतङ्क फैलाउने त कहिले बालिनाली नष्ट गरिदिने हुनाले यस भेगका बासिन्दाले आफूहरू असुरक्षित भएको बताउँदै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।