पुस १४ – बाँके जिल्लाको नेपाल—भारत सीमा नाका जमुनाहा हुँदै भारत प्रवेश गर्न खोज्ने एक जोडीबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले स्थानीय जयसपुरस्थित चौलिक्का चोकमा भारतीय नम्बर ४ डिएल ३४८८ को कारको हिजो साँझ जाँच गर्दा भारत दिल्ली निवासी रमण सिंह र बाँके कचनापुर गाविस—१ अगैयाकी १८ वर्षीया युवतीलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Comments