कोलम्बियन पपस्टार शकिराले छोरालाई जन्म दिएकी छन् । शकिरा र उनका प्रेमी तथा फुटबल स्टार जेरार्ड पिकलाई पुत्रलाभ भएपछि यो घटनाले जति चर्चा पाएको छ त्यसको ठिक पछाडी साकिराले महिनै नपुगी कसरी बच्चा पाइन् भन्ने चर्चा पनि छाएको छ ।
पिपुल नामक पत्रिकाले ३५ वर्षीया शकिराका प्रेमी पिकले बिहीबार शकिराले छोरालाई जन्म दिएको जनाउँदै आफ्नो ट्वीटर मार्फत खुशी साटेको जनाएको छ । पपस्टार शकिराले यो पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् ।
तर, शुक्रबार स्पेनको डे अफ होली इन्नोसेन्ट दिन हो । जुन दिन अंग्रेजी पात्रोको अप्रिल फूल जस्तै हो । यो दिनमा अरुलाई झुक्याएर रमाइलो गर्ने गरिन्छ ।
त्यसैले झुक्याउने दिनमा गेरार्डको भनाई बाहिर आएकाले उनले मजाक गरेको अनुमान धेरैले गरेका छन् । डाक्टरले दिएको समय अनुसार साकिराले एक महिना पछि नयाँ सन्तान दिनुपर्ने हो तर इन्नोसेन्टको दिन कतै उनले इन्नोसेन्ट (अप्रिल फुल जस्तै) मनाउने काम त गरेको होइनन् यसको पनि चर्चा उत्तिनै छ ?