पुस १२ – भारतका चिया मजदुरको समूहले मालिक र उनकी पत्नीलाई जलाएर मारेका छन् ।


आसाम राज्यका चिया मजदुरले मालिक र उनका पत्नीलाई आगो लगाएर मारेका हुन् । चिया बगानका मालिक मृदुलकुमार भट्टचार्य र उनकी पत्नी रिताकोलाई मजदुरले जलाएर मारेका हुन् ।  मालिकले मजदुरले पाउँदै आएको आवास सुविधा खोस्ने निर्णयलिए पछि आक्रोशित बनेका मजदुरले मालिकको घर घेरेर घरमै आगो लगाएर मालिक र उनकी श्रीमतीलाई मारेका हुन् ।


बिबिसीले उल्लेख गरेको छ ‘करिब ७ सय मजदुरले घर घेरेर घरमा आगो लगउँदा चिया बगानका मजदुरले मालिक र उनकी पत्नीलाई मारेका छन् ।‘

भारतका चिया मजदुरले यस अघि समेत मालिक सँगको विवादका क्रममा गुहावटीको चिया बगानको फ्याक्ट्रीमै आगो लगाएका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।