पुस १२ – म्याग्दीको पाखापानी गाविसमा पर्ने ठाडाखानी गाउँमा पिपिआर रोगको सङ्क्रमणबाट ३५ वटा भेडा मरेका छन् ।

स्थानीय दुई जना कृषकको गोठमा फैलिएको पिपिआरबाट सङ्क्रमित भेडा मरेका हुन् । दाङबाट पूजाका लागि स्थानीयले एक हप्ताअघि ल्याएको भेडाबाट सरेको पिपिआर सङ्क्रमणकै रुपमा फैलिँदा बुधबारसम्म ३५ वटा भेडा मरेका जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

रोग प्रभावित क्षेत्रमा तीन दिनअघि जिल्ला पशुसेवा कार्यालयबाट पुगेको प्राविधिक टोलीले रोग फैलिन नदिन भ्याक्सिन लगाउन सुरु गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक रामचन्द्र काफरले बताए ।

पिपिआरबाट सङ्क्रमित पशुलाई बचाउन नसकिने भए पनि अन्यमा फैलिन नदिन भ्याक्सिन लगाउन सुरु गरिएको उनले जानकारी दिए ।

पशु प्राविधिकको टोलीले कृषकको गोठमै पुगेर भ्याक्सिन लगाउन थालेको पशुसेवा कार्यालयले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।