काठमाडौंको रामकोट-६ स्थित मञ्जुश्री पोल्ट्री फार्ममा बर्ड फ्लु देखिएको दुई दिनपछि राजधानीकै अर्को कुखुरा फार्ममा पनि बर्ड फ्लुको संक्रमण भेटिएको छ ।

राजधानीको सीतापाईलास्थित सूर्यमोहन पोखरेलको लेयर फार्ममा बर्ड फ्लु संक्रमण भेटिएको हो ।

मञ्जुश्री पोल्ट्री फार्मबाट एक सय मिटर पर रहेको सो फार्ममा पनि संक्रमण हुन सक्ने शंका गरेर मंगलबार बर्ड फ्लुको परीक्षण गरिएको थियो । उक्त परीक्षणको रिपोर्टले बर्ड फ्लु भएको पुष्टी भएको बताइएको छ ।

सूर्य मोहन पोखरेललको लेयर फार्ममा रहेका ३ हजार कुखुराहरु मध्ये एक हजार कुखुरा भटाभट मरेपछि बर्ड फ्लु परीक्षण गरिएको थियो ।

दुई वटा खोरमा गरी दुई हजार कुखुरा बाँकी रहेको पोखरेलेको कुखुरा फार्ममा बर्ड फ्लु भएको पुष्टी भएसँगै प्राविधिक टोली फार्म तर्फ गएको र कुखुरा मार्ने कार्य जारी राखेको बताइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।