पुस ११ – आफ्नै पत्नीलाई रिसको झोकमा फरुवाले हानेर हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् ।
पाँचथर स्थायी घर भई हाल मोरङको टाँडी–६ बस्ने ७१ वर्षीय तीलबहादुर राई पक्राउ परेका हुन् ।
उनले सोमबार आफ्नी ७५ वर्षीया पत्नी रनमाया राईलाई घरायसी झगडा हुँदा फरुवा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटनापछि रनमायाको स्थानीय अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भएपछि प्रहरीले उनलाई कर्तव्य ज्यानको आरोपमा मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Comments








