पुस १०, रासस – पाल्पा जिल्लाको मदनपोखरा र सहलकोट गाविसमा आज दिउँसो भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत मदनपोखरा गाविस–४, भालेबासमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको र पाल्पा सहलकोटमा भएको ट्रयाक्टर दुर्घटनामा अर्का एक जनाको मृत्यु भएको हो ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६ प ६२७३ नम्बरको मोटरसाइकल घुम्तीबाट खोलामा खस्दा सो दुर्घटना भएको हो ।

दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका पाल्पा खालीजन–९ का मोटरसाइकल चालक २१ वर्षीय जीवनकुमार श्रेष्ठ र सोही स्थानका २४ वर्षीय पूर्णकुमार श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका तथा सहलकोटबाट रामपुरतर्फ जाँदै गरेको लु २ त १८५८ नम्बरको ट्रयाक्टर सहलकोट–२, पुरनथरमा सोमबार दुर्घटना हुँदा दर्छा–८ का २७ वर्षीय बेलबहादुर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।