स्वाजिल्यान्ड – अफ्रिकन मुलुक स्वाजिल्यान्डमा मिनी स्कर्टले बलात्कार गर्न उक्साउने भन्दै महिलाहरुलाई मिनी स्कर्ट लगाउन प्रतिबन्ध लगाइएको छ ।

त्यहाँका महिलाहरुले अटेर गरेर मिनी स्कर्ट लगाएमा ६ महिना जेल सजाय समेत भोग्नु पर्ने छ । अफ्रिकाको एक मात्र राजाको प्रत्यक्ष शासन रहेको मुलुक स्वाजिल्यान्डमा यस्तो व्यवस्था रहेको हो ।

समान अधिकार र सुरक्षाको माग गर्दै गत महिना मान्जिनीमा शहरका महिलाहरुले मिनी स्कर्ट लगाएर प्रदर्शन गरेपछि प्रहरीले मिनी स्कर्ट लगाउननै प्रतिबन्ध गरेको हो । यस्तो लुगाले बलात्कारीको काम सजिलो हुने भएकोले लगाउनै प्रतिबन्ध गरेको प्रहरी अधिकारीको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मिनी स्कर्ट मात्रै नभएर नितम्ब देखिने जिन्स र ट्याङ्क टपहरुमा समेत प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि सोही स्वाजिल्यान्डमा नै त्यहाँका राजाले भने युवती वस्त्रहीन भई नाचेको हेर्ने परम्परा भने चलि आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।